सिन्धुपाल्चोक घुम्थाङ पहिरो : ११ जनाको सनाखत, २० जना अझै बेपत्ता !

 कोरखबर   २९ भदौ, २०७७



सिन्धुपालचोक, २९ भदौ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७, घुम्थाङको पहिरोमा पुरिएका ११ जनाको शव भेटिएको छ । अझै २० जना बेपत्ता छन् । जिल्ला प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाका अनुसार नागपुजे र भिरखर्कको पहिरोमा ज्यान गुमाउनेमा ६२ वर्षिया भक्तिमाया श्रेष्ठ, ९८ वर्षिया ट्याक्सी शेर्पा, भिरखर्कका २३ वर्षकी जुनु विक, २४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक र नेवार टोलका ६० वर्षिया सर्किनी नेवार, ६५ वर्षका धनलाल विक रहेका छन् ।

त्यसैगरी नागपुजेकी ६० वर्षिया हिरामाया नेवार, ४२ वर्षकी ज्ञानीमाया प्रधान, २५ वर्षकी कर्णबहादुर श्रेष्ठ र ५ वर्षकी सरसस्वती विकको पनि मृत्यु भएको छ । पहिरोमा बेपत्ता भएका अरु २० जनाको नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले खोजिरहेको छ ।

पहिरो आउँदा भिरखर्कको माथिल्लो टोल, नेवार टोल, तामाङ टोल सबै बगेको बाह्रबीसे–७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठले बताए । भिरखर्क र नागपुजेका गरी ५८ परिवारलाई सुरक्षित स्थानतिर लगिएको छ । पहिरोबाट बाँचेकाहरुहरुलाई अहिले अस्थाई टेण्टमा राखिएको छ ।

यसैबीच, सिन्धुपाल्चोकको जुगल गाउँपालिका १ सेलाङ देउरालिका ३० घर पनि पहिरोको उच्च जोखिममा परेका छन् । शनिबार रातिदेखि परेको अविरल बर्षाका कारण पहिरो गएपछि केही स्थानीयको घर भित्र पहिरोको लेदो पसेको छ । घर नै बगाउन सक्ने गरी बस्तीको आसपास पहिरो चलेपछि सेलाङ देउरालिका स्थानीयले घर छाडेका स्थानीयले बताएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post