दुई ओटा ट्रक एकआपसमा ठोकिँदा ६ जना घाइते !

 कोरखबर   २९ भदौ, २०७७



२९ भदौ, काठमाडौं । नारायणगढ–मुग्लिन खण्डमा दुई ट्रक ठोकिँदा ६ जना घाइते भएका छन ।

सोमबार विहान इच्छाकामना गाउँपालिका ५ को खहरे पुल नजिकै काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख २४२३ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ४ ख ८० ११ नम्बरको ट्रक एकआपसमा ठोकिएका हुन ।

दुर्घटनामा दुवै ट्रकका चालक र ट्रकमा सवार चार जना घाइते भएको चितवन प्रहरीले जनाएको छ। घाइते सबैको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post