बाग्लुङमा पहिरो : ५ घर पुरिदा एकजना बेपत्ता !

 कोर खबर   २९ भदौ, २०७७



२९ भदौ, काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएका छन् भने एक जना बेपत्ता भएका छन् ।

पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले जानकारी दिए । उनका अनुसार परिवारका अन्य पाँच सदस्य भने सकुशल छन् । नगरप्रमुख पौडेलका अनुसार घटनास्थलमा उद्धार कार्य जारी छ । उद्धार कार्यमा नेपाली सेना, प्रहरी र स्थानीय खटिएका छन् ।

आज बिहानको पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीको घरमा पूर्णरूपमा क्षति पुर्याएको छ । हिजो आइतबार पनि बाग्लुङको टुनिबोटमै पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको थियो । आइतबार पहिरोले तीन घर भत्काएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post