बाढीले एक हजार चल्ला रहेको कुखुरा फर्म बगायो ।

 कोरखबर   २९ भदौ, २०७७



काठमाडौं । दाङमा अबिरल वर्षा पछि आएको बाढीले कुखुरा फर्म बगाएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थानीय राजकुमार वलीको कुखुराको फर्म बाढीले बगाएको हो। फर्मसँगै त्यहाँ रहेका २२ दिनका एक हजार चल्ला र १०  बोरा दाना बगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक चक्रडम्मर पालले जानकारी दिएका छन्।

त्यसबाट वलीलाई चार लाख बढीको क्षति भएको अनुमान गरिएको छ। भारी वर्षाले नदी तथा खहरे खोलाहरूमा बाढी आउन सक्ने र नदी तथा तटिय क्षेत्रहरु  डुवानमा पर्न सक्ने खतरा देखिन्छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post