काठमाडौं । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज सकिने भएको छ । २०७३ भदौ २९ देखि कार्यकारी निर्देशकको भुमिका निर्वाह गर्दै आएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन ।
दोस्रो कार्यकालका लागि दोहोरिने अपेक्षा पनि छ । तर, अहिलेसम्म मन्त्रिपरिषदमा उनलाई दोहोर्याउने गरी प्रस्ताव पुगेको छैन ।मन्त्रिपरिषदको बैठक सोमबार बस्दै छ ।