सिन्धुपाल्चोकको घुम्थाङ पहिरो : ९ को मृत्यु , २२ अझै बेपत्ता !

 कोर खबर   २८ भदौ, २०७७



२८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा घुम्थाङमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाका अनुसार अरु २२ जना अझै बेपत्ता छन् ।

मृत्यु हुनेमा वडा नम्बर ७ का भक्तिमाया श्रेष्ठ, जुनु विक, सुकलाल विक, सन्देश विक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया नेवार, ट्याक्सी शेर्पा र ज्ञानीमाया प्रधान रहेका छन् ।उनीहरु एकै परिवारका हुन् वा फरक फरक परिवारका हुन् भन्ने अहिलेसम्म नखुलेको डीएसपी सापकोटाले जानकारी दिए ।

पहिरोमा परी अझै २२ जना बेपत्ता छन् । गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । डीएसपी सापकोटाका अनुसार हालसम्म ११ वटा घरमा क्षति पुगेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post