भिसाको म्याद सकिएकालाई भिसा नवीकरण गर्दा बिलम्ब नलाग्ने

 कोरखबर   २८ भदौ, २०७७



काठमाडौं । आजदेखि अध्यागमन विभागले स्थगित गरेको भिसा सेवा सुरु भएको छ । विभागले भिसा सेवा आइतबारदेखि सुरु हुने जानकारी दिएको हो ।

भदौ १६ देखि सीमित संख्यामा भए पनि नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको थियो । सोहीअनुसार हाल सीमित संख्यामा दैनिक ८ सय जना यात्रुले अन्तर्राष्ट्रिय उडानको सुविधा लिइरहेका थिए ।

भिसाको म्याद सकिएकालाई ११ असोजसम्म भिसा शुल्क मात्रै लिई नवीकरण गर्ने र कुनै पनि विलम्ब शुल्क नलाग्नेसमेत बिभागले जनाएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post