छिमेकीले बारीमा बाँधेका हल गोरु काटेको आरोपमा एकजना पक्राउ !

 कोरखबर   २७ भदौ, २०७७



भदौ २७ दैलेख । दैलेखमा छिमेकीको हल गोरु काटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको भैरवी गाउँपालिका २ रावतकोटका कमल थापाले बारीमा बाँधेका हल गोरु काटेको भन्दै छिमेकी २२ वर्षका राजेश विष्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

धारिलो हतियारले काटेको एउटा गोरु मरिसकेको र अर्को गम्भीर घाइते भएको किटानी जाहेरीपछि आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र आचार्यले जानकारी दिनुभयो । 

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २८९ उपदफा ९२० मा गाई वा गोरु मार्ने व्यक्तिलाई तीन वर्ष कैद अनि अङ्गभङ्ग बनाए ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post