काठमाडौं । ढोरपाटन नगरपालिका बागलुङमा बाढी पीडितहरुलाई विश्वकर्मा उत्थान समाजले राहत उपलब्ध गराएको छ ।
विश्वकर्मा उत्थान समाज बागलुङ र म्याग्दीले संयुक्त रुपमा राहत स्वरुप ६३ हजार रुपैयाँ बिहीबार उपलब्ध गराएको छ । विश्वकर्मा उत्थान समाज बागलुङका ताराबहादुर विश्वकर्मा र राजन खड्काथोकीले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई सो रकम हस्तारण गरेका छन ।
गत १७ भदौमा नगरपालिकाको ५, ६, ७, ८ र ९ वडामा गएको बाढीले २१ जनाको मृत्यु भइसकेको छ भने १७ जनाको खोजी कार्य जारी छ ।