२६ भदौ,कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा शौचालयमा एक जनाले पासो लगाएर आत्महत्या गरेका छन् । चोरीको मुद्धामा पक्राउ परेका रोशन विकले प्रहरी कार्यालयको शौचालयमा बिहान पासो लगाएर आत्महत्या गरेका हुन् ।
धनगढी उपमहानगरपालिका ५ हसनपुर बस्ने १९ बर्ष का विकले पासो लगाई झुन्डीए लगत्तै उनलाई बिहान करिब साढे ९ बजे सेती प्रादेशिक अस्पतालमा पु¥याईको भएपनि बन्च असफल रहेको कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।