भदौ २६, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डलाई बैठक सञ्चालनको जिम्मा लगाएर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेकपा स्थायी कमिटी बैठकबाट बाहिरिएका छन् । सहमति मै प्रचण्डलाई बैठक संचालन गर्न आग्रह गरेर ओली बाहिरिएका बालुवाटार स्रोतले बतायो ।
५१ दिनको स्थगनपछि प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको स्थायी कमिटी बैठकमा ओलीले छोटो मन्तव्य राखेका छन् । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदनको आधारमा स्थायी कमिटी बैठकका लागि नयाँ कार्यसूची बनाइएको छ ।
असार १० गते शुरु भइ पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक पछिल्लो पटक साउन ६ गने छोटो समयका लागि बसेको थियो ।