उपत्यकामा सवारी खुलेपनि भक्तपुर नगरपालिकाभित्र चलाउन नपाईने !

 कोरखबर   २६ भदौ, २०७७



२६ भदौ, भक्तपुर । भक्तपुर नगरपालिकाले नगरक्षेत्रभित्र भदौ मसान्तसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । निषेधाज्ञा खुकुलो बनाएर उपत्यकाको तीन वटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायात जोर–बिजोर प्रणाली लागू गरी सञ्चालन गर्न अनुमति दिए पनि नगरले यस्तो निर्णय गरेको हो ।

नगरभित्रबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका रुट नम्बर १, ७ र ९ मा चल्ने छोटो दूरीका यातायातहरू भदौ ३१ गते सम्मका लागि बन्द गर्ने निर्णय भएको नगरप्रमुख सुनिल प्रजापतिले बताए । नगरपालिकाले यातायात व्यवसायीसँगको छलफलबाट भदौ मसान्तसम्म सार्वजनिक यातायात बन्द गर्ने निर्णय भएको उनले बताए ।

त्यसैगरी, नगरप्रमुख प्रजापतिको अध्यक्षतामा भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिहरूसँग बसेको बैठकले सुरक्षाका उपाय अपनाएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । व्यवसायीहरुले मास्क, पञ्जा लगाई शारीरिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा नीति अपनाएर मात्रै व्यापार व्यवसाय गर्न आग्रह गरेको उनले बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post