आजदेखि मालपोत कार्यालयको सम्पुर्ण सेवा सन्चालन

 कोरखबर   २५ भदौ, २०७७



काठमाडौं । मालपोत कार्यालय आजदेखि खुलेका छन् । लामो समयदेखि बन्द रहेको मालपोत कार्यालय खोलेको छ ।

सरकारले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै बन्द भएका मालपोत कार्यालय खुला भएको हो ।

अत्यावश्यक परेका सेवाग्राहीको घरजग्गा रोक्का र फुकुवाको काम गरिने र आइतबारबाट सम्पूर्ण सेवा दिइने बताइएको छ ।

उपत्यकामा साउनको २८ देखि भिडभाड भएको भनेर सेवा प्रवाह बन्द भएको थियो । काठमाडौ बाहिरको मालपोत कार्यालय भने त्यहाँको स्थानीय प्रशासनको निर्णय अनुसार सञ्चालनमा आउनेछन् ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post