घरमै सुतिरहेको अवस्थामा चट्याङ लागेर एक युवाको मृत्यु

 कोरखबर   २५ भदौ, २०७७



बागलुङ । बागलुङको ताराखोला गाउँपालिकामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। बुधबार राति वर्षासँगै परेको चट्याङ लागेर ताराखोला गाउँपालिका-३ फिलमिरेका २२ वर्षीय भिमबहादुर बस्नेतको मृत्यु भएको हो।

आफ्नो घरमै सुतिरहेको अवस्थामा चट्याङ परेपछि बस्नेतको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरिक्षक युवराज सलमीले जानकारी दिए।

चट्याङले लागेर सोही स्थानका ३२ वर्षीय सुरेश थापा र वडा नम्बर ३ कै बराहखोला छमइका धुव्र कंडेल घाइते भएका छन्। घाइते दुवैको स्थानीय क्लिनिकमा उपचारपछि घर फर्किएका छन्। मृतकको शव भने पोस्ट मार्टमका लागि गल्कोट प्राथमिक स्वास्थ केन्द्र हरिचौर लगिएको प्रहरीले जनाएको छ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post