टुटल र पठाओ आजदेखी सेवा सन्चलनमा ल्याउँदै ।

 कोरखबर   २५ भदौ, २०७७



२५ भदौ,काठमाडौं । लामो समयदेखि भएका निषेधाज्ञा सरकारले उपत्यकामा आजबात खुकुलो पारेसगैँ राईड सेयर सेवा टुटल र पठाओ सेवा पनि सुरु भएको छ।

जोर विजोरको आधारमा निजी मोटरसाइकललाई चल्न पाउन अनुमती दिएपछि सेवा सुरु गर्न लागिएको टुटलका म्यानेजर आयुस कार्कीले जानकारी दिए।

सेवा दिंदा स्वास्थ्य प्रोटोकललाई विषेश ध्यान दिइने उनको दावी छ। लामो समयदेखि राइडरहरु बेरोजगार भएकोले उनीहरुबाट कुनै प्रकारको कमिसन नलिइने उनले जानकारी दिए।

‘राइडरले मास्क, पन्जा, सेनिटाइजरमा धेरै खर्च गर्नुपरेको छ। त्यस्तै लामो समयदेखि बेरोजगार पनि भएको कारणले हामी उहाँहरुसगँ कुनै पनि प्रकारको कमिशन लिदैनौं,’ आयुस कार्की भन्छन् ।

त्यस्तै आजैबाट पठाओको ट्याक्सी र मोटरसाइकल दुवैको सेवा सुरु भएको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले जानकारी दिइन्।

पठाओमा सिमित राइडरले मात्र राइड सेयरको अनुमती पाउने छन्। स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सबैलाई राइड सेयरको अनुमती दिइएको छैन ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post