धनकुटामा निषेधाज्ञा हटाइयो ।

 कोरखबर   २३ भदौ, २०७७



धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटामा २४ दिन देखि लगाएको निषेधाज्ञा सोमबार रातिदेखि हटाएको छ ।

पछिल्ला केही दिनमा अवस्था सामान्य बन्दै गएकाले निषेधाज्ञा अन्त्य गरिएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए । मंगलबार बिहानैदेखि बजारमा पसल सञ्चालनमा आएका छन् ।

उच्च सावधानीका सबै उपाय भने कायमै राख्न प्रशासनले आग्रह गरेको छ । शिक्षण संस्था, हाटबजार, सभा सम्मेलन, भेला अन्तरक्रिया,गोष्ठी बैठकहरु भने सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटा जिल्लाभित्र आन्तरिक रुपमा ५० प्रतिशत संख्यामा मात्र यात्रु राखेर यातायात सञ्चालन गर्ने पाउने पनि उल्लेख गरिएको छ ।

सामाजिक दूरी अनिवार्य कायम गर्ने र मास्कसहित सुरक्षाको विधिको अपनाउन पार्ने छ । जिल्लामा कोरोना संक्रमण पुष्टि भएका ४० मध्ये २० जना निको भएर घर फर्किएका छन् भने २० जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय प्रमुख तुलसीप्रसाद गुरागाईंले बताए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post