रोक्का रहेको जग्गाको कित्ताकाट खुल्दै

 कोरखबर   २२ भदौ, २०७७



काठमाडौं । सरकारले रोक्का गरेको कृषियोग्य जग्गाको कित्ताकाट खुला गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको सूचना अनुसार कृषियोग्य जग्गाको खण्डिकरण सम्बन्धी भएका पूर्व निर्णयहरु बदर गरिएको जनाएको छ ।

‘भूमि उपयोगसम्बन्धी रोक लगाएका यसअघिका परिपत्र खारेज गरी नयाँ व्यवस्था गरेका छौं,’ मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए।
मन्त्रालयले भूउपयोग नीतिसम्बन्धी नियमावलि बनाई मन्त्रिपरिषदमा पेश गरेको छ जुन पारित हुन भने बाँकी छ।

सो नियमावलीमा जग्गाकाे बर्गिकरण गरी सोअनुसार प्रयोग गर्ने प्रस्ताव तयार पारिएको छ। तर, उक्त प्रस्ताव  पारित हुनुअघि नै मन्त्रिस्तरको निर्णयबाट मन्त्रालयले कित्ताकाट खुला गरेको छ।

हाललाई भू–उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाटसम्बन्धी व्यवस्था खुलाउन मन्त्रिस्तरको निर्णय भएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको हो ।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post