मध्ये रातम अबैध काठ ओसारपसार गर्ने समुह र प्रहरीबीच झडप, २ प्रहरी घाइते ।

 कोरखबर   २२ भदौ, २०७७



जनकपुरधाम । अबैध रूपमा काठ ओसार्न लागेको समूह र प्रहरीबीच धनुषाको बटेश्वर गाउँपालिकामा आइतबार राति १२ बजेतिर झडप हुँदा दुई प्रहरी र तीन जना स्थानीय घाइते भएका छन् ।

शान्तिपुरमा काठ ओसारिरहेको गोप्य जानकारीका अनुसार आइतबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दीपक राय नेतृत्वमा टोली खटिएको थियो ।

स.१ त. ६०४० नम्बरको ट्याक्टरमा सखुवाको काठ लोड गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई कार्यालय तर्फ ल्याउने क्रममा ६०/७० जनाको समूहले एक्कासी पछाडिबाट ढुंगा प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए ।

उक्त झडपमा प्रहरी निरीक्षक रायको बाँया आँखामाथि चोट लागेको छ भने प्रहरी जवान रामविश्वास पण्डितको टाउकोको पछाडि भागमा चोट लागेको मिश्रले जानकारी दिए । दुबैको महेन्द्रनगर हेल्थकेयरमा उपचार भईरहेको उनले बताए ।

उक्त समूहले प्रहार गरेको ढुंगा लागेर प्रहरीको ना १ झ १२५० नम्बरको गाडीको पछाडिको सिसा फुटेको छ । स्थानीयका अनुसार प्रहरीले लाठी चार्ज गर्दा स्थानीय तीन जना समेत घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post