काठमाडौँ, २२ भदौ । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाले स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ । साउन १३ गतेदेखि स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।
सोमबार बिहान बालुवाटारमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसहितको छलफलमा यस्तो सहमति गरिएको हो । दुई अध्यक्षबीच आइतबार हुने भनिएको भेट आज ९सोमबार० भएको हो ।
असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठक आन्तरिक विवादका कारण पटक/पटक स्थगित हुँदै आएको थियो ।