जनता मात्र भोकै मर्ने ? राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब रोकौ : डा भट्टराई !

 कोरखबर   २२ भदौ, २०७७



काठमाडौं, २२ भदाै । पूर्व-प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब-भत्ता रोक्न प्रस्ताव गर्नुभएकाे छ । सामाजिक सञ्जाल फेसबुकमा एक भाेकाे बालककाे तस्वीर राख्दै उहाँले उक्त कुरा उल्लेख गर्नुभएकाे छ ।

अहिले कोरोना महामारीका कारण सरकारले लाखाैँ जनताकाे गाँसबासकाे पर्वाहै नगरी निषेधाज्ञा र लकडाउन गरिरहेकाे तर्फ उहाँले कटाक्ष गर्नुभएकाे छ । धेरैकाे राेजीराेटी खाेसिएकाे र आमजनता जीवन-मरणको लडाईमा रहेको बताउँदै भट्टराईले राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारी र शिक्षकको तलब रोक्नुपर्ने बताउनुभएकाे हाे ।

उहाँले लेख्नुभएकाे छ- ‘आम जनता जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरुको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, सांसद, कर्मचारी, शिक्षक लगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि ?’

‘पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखामुनि रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म लकडाउन र कर्फयू लगाउँदै जानु कति उपयुक्त हो ?’ उहाँले प्रश्न गर्दै भन्नुभयाे, ‘काेराेनाबाट बचे पनि भाेकले मर्ने स्थिति आउनु​ कति डरलाग्दाे कुरा हाे ?’

सरकारले  या त बेरोजगार र विपन्न जनतालाई तुरुन्तै स्थानीय तहमार्फत नगद जिन्सी राहतको व्यवस्था गर्नुपर्ने, नभए सुरक्षाका न्यूनतम मापदण्ड कायम गर्दै आ-आफ्ना व्यवसाय सञ्चालन गर्न दिनुपर्ने उहाँकाे भनाइ छ ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post