फुड बैंक कार्यक्रम सन्चालनमा सरकारको रोक प्रति कांग्रेस नेता राणाको आपत्ति !

 कोरखबर   २० भदौ, २०७७



२० भाद्र, ललितपुर । ललितपुरको चापागाउमा संचालित फुड बैंक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले ‘फुड बैंक’लाई रोक लगाउने प्रशासनको कदम मानवीय संवेदनाहीन कार्य भएको बताएका छन्।

कोरोना संक्रमणको समयमा तरुण दल क्षेत्र नं. १ ललितपुरले भाद्र ९ गते देखि चापागाउँमा ‘फुड बैंक’ कार्यक्रम सञ्चालनमा ल्याएको थियो। कोरोना संक्रमणको जोखिम देखाउँदै बिहीबारदेखि प्रशासनले फुड बैंकमा रोक लगाएपछी सरकारी तहबाट राहत नपाइरहेको उल्लेख गर्दै पूर्व अर्थराज्यमन्त्री राणाले नागरिकस्तरबाट भएको कार्य रोक्नुलाई गैरजिम्मेवार कार्य भएको राणाले बताए ।

मानव सेवा नै धर्म हो भन्दै सुरु गरिएको फुड बैंक ललितपुरमा मात्र सीमित नभएर देशभर चर्चामा आएको उनले बताए। सामाजिक दूरी कायम गर्दै सामाजिक सेवाभावले सुरु गरेको फुड बैंक सञ्चालन राजनीति अभिप्रायबाट प्रेरित नभएको उनले स्पष्ट पारे।

सरकारी तहबाट सञ्चालित हुनुपर्ने कार्यक्रम नागरिकस्तरबाट स्वतफूर्तरुपमा सञ्चालन गर्दा राज्यले त्यसमा हौसला बढाउनुका साटो राजनीतिक दलको प्रभावमा प्रशासन लगाएर पवित्र कार्यमा रोक लगाउनु न्यायोचित नभएको राणाकाे गुनासो रहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post