३ वर्षिय बालिकाको अरिङ्गलको टोकाईबाट मृत्यु !

 कोरखबर   २० भदौ, २०७७



डडेल्धुरा : आज बिहान आलिताल गाउँपालिका-३ मा तीन वर्षको बालिकालाई अरिङ्गालले टोक्दा बालिकाको मृत्यु भएको छ । ज्ञानेन्द्र धामीकी तीन वर्षकी छोरी  नविना धामीको मृत्यु भएको रघुवीर धामीले बताए ।

सिकिस्त अवस्थाकि बालिकालाई उपचारका लागि लैजाँदै गर्दा शनिबार बिहानै मृत्यु हो । बालिकालाई करिब २० –३० वटा अरिङ्गालले टोकेको आफन्त रघुवीरले जानकारी दिए। एक/दुई अरिङ्गाललेले गाउँका अन्य मानिसलाई समेत टोकेको थियो तर बालिकालाई भने धेरै अरिङ्गालले टोकेको हुनाले बालिकाको मृत्यु भएको हो ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post