यूएई काठमाडौँ-उडान तालिका सार्वजनिक !

 कोरखबर   २० भदौ, २०७७



२० भाद्र , दोहा -  संयुक्त अरब इमिरेट्स ९यूएई० बाट काठमाडौँका लागि २८ वटा उडान हुने भएका छन् । आज अर्थात सेप्टेम्बर ५ देखि ३० सम्म हुने नियमित उडान तालिका सार्वजनिक गरिएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाल एयरलाइन्सले सेप्टेम्बर ६, ८, १३, १५, २०, २२ र २७ तारिखमा दुबईबाट उडान गर्दैछ । यस्तै हिमालय एयरलाइन्सले सेप्टेम्बर ८, १२, १५, १९, २१, २२ २६ र २९ तारिखमा अबुधाबीबाट उडान गर्ने दूतावासले जनाएको छ ।

यसैगरी एयर अरेबियाको सेप्टेम्बर ६, १३, १८, २० , २७, ३० तारिखमा शारजाहबाट उडान गर्दैछ । फ्लाई दुबईले भने सेप्टेम्बर ८, ११, १५, २२, २५, २९ तारिखमा दुबईबाट उडान गर्ने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार आफूलाई पायक ठाउँमा यी एयरलाइन्सको टिकट लिन सकिने जनाएको छ । स्वदेश फर्कन चाहनले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट साथमा राख्नु पर्ने दूतावासले जनाएको छ ।

यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेको प्रमाण खुल्ने कागजात बोक्नुपर्ने सूचनामा उल्लेख छ ।

नेपाल पुगेपछि पनि अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने दूतावासले जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post