करेन्ट लागेर एक युवाको मृत्यु ।

 कोरखबर   १९ भदौ, २०७७



काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकापमा हाइटेन्सन लाइनबाट करेन्ट लागेर स्थानिय सुरेन्द्र महर्जनको मृत्यु भएको छ । सार्वजनिक जग्गामा निर्माणाधिन चन्द्रागिरी स्पोर्ट्स क्लव भवनको माथिल्लो भागमा जाँदा हाइटेन्सनले छोएर २९ वर्षीय महर्जनको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । घटना पछी उनलाई तत्काल कलंकीस्थित शहिद मेमोरियल अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । 

अन्तिम ढलानका लागी तयारी अवस्थामा राखिएको सो भवनको माथिबाट बिजुलीको तार लगिएको थियो । ढलान गर्न तयार गरिएको क्लव भवनको माथि जाँदा उनको हातले हाइटेन्सन छुन पुगेको र दुर्घटना भएको अनुसन्धानबाट खुल्न आएको छ  ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post