निषेधाज्ञाको समयमा जिल्ला प्रसासन कार्यालय ललितपुरले गर्यो कर्फ्यु आदेश

 कोरखबर   १९ भदौ, २०७७



ललितपुर । आज बिहान ४ बजे देखि राति १० बजे सम्म जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु आदेश जारी गरेपछि ललितपुर क्षेत्र सुनसान देखिएको छ । कोरोना संक्रमणको जोखिममा भिडभाड बढेको भन्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।  ललितपुर महानगरपालिका क्षेत्रको रिङरोड भित्र कर्फ्यु आदेश जारी भएको छ । आज विहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको हो ।

रातो मच्छिन्द्रनाथ रथ तान्ने क्रममाहिजो स्थानीयको भिडलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपपछि सुरक्षा अधिकारीहरूको बैठकले कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेको भन्दै कर्फ्यु आदेश जारी गरेको हो । अहिले ललितपुर क्षेत्र सुनसान देखिएको छ ।

सुरक्षा निगरानी पनि कडाई गरिएको छ । उपत्यका भित्र निषेधाज्ञा जारी नै छ । ललितपुरमा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि कर्फ्यु आदेश जारी गरिएको हो । ललितपुर पुरै जिल्ला नभएर बल्खु पुल, मनहरा पुलदेखि महानगरभित्रको चक्रपथ क्षेत्रमा कर्फ्यु लगाइएको हो । कर्फ्यूको समयमा भेला, जम्मा, जुलुशलगायत गतिविधि गर्न पाईदैन । यस्तै कुटनीतिक नियोग, प्रेस, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरकारी सवारीहरूलाई आवागमनमा कुनै अवरोध गरिने छैन ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post