छुरा प्रहार गरि श्रीमतीको हत्या गर्ने युबा पक्राउ ।

 कोरखबर   १९ भदौ, २०७७



काठमाडौं । श्रीमतीको हत्या गरेको अभियोगमा एक जना युवा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका–९ घर भएका ३६ वर्षीय अजय बिकलाई आफ्नै श्रीमती ३३ वर्षीया पार्वती खड्काको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

सामान्य झगडामा बिकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post