कतार सरकारद्वारा भिसाको म्याद सकिएको नेपालीहरूको भिसा १ वर्षको लागि नवीकरण गर्दै ।

 कोरखबर   १९ भदौ, २०७७



दोहा : पासपोर्टको म्याद नाघेको एक वर्षभित्र कतार सरकारले कतारी आईडी एक वर्षका लागि नवीकरण गरिदिने र भिजिट भिसा पनि निश्चित अवधिका लागि नवीकरण गर्ने भएको छ ।

कतारको नेपाली दूतावासका अनुसार कतार सरकारबाट ३१ अगस्ट २०२० मा प्राप्त परिपत्र अनुसार राहदानीको म्याद सकिए पनि म्याद नाघेको एक वर्षभित्र कतार आइडी एक वर्षको लागि नवीकरण गर्न सकिने र भिजिट भिसा निश्चित अवधिका लागि नवीकरण गर्न सकिने व्यवस्था कतार सरकारले लागू गरेको जानकारी प्राप्त भएको जनाएको छ ।

अब पासापेर्टको म्याद सकिएको एक वर्ष ननाघेका नेपालीहरुले कतारी आईडी र भिसा सजिलै नवीकरण गर्न सक्ने दूतावासले उल्लेख गरेको छ ।

कतार सरकारले कोरोना महामारी(कोभिड-१९) को कारणले राहदानी जारी तथा नवीकरण गर्न समस्या भएको हुनसक्ने अवस्थालाई मध्ये नजर गर्दै लागू गरिएको दूतावासले जनाएको छ । कतार सरकारको यो निर्णय संगै पासपोर्टको म्याद सकिएको एक वर्षभित्र कतारी आईडी र भिसा नवीकरण गर्न नसकेका नेपालीलाई फाइदा पुग्ने दूतावासले जनाएको हो ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post