नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु !

 कोरखबर   १८ भदौ, २०७७



१८ भदौ, काठमाडौं ।  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । पार्टीभित्र अहिले राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतम या अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिइने भन्‍ने विषयमा चर्चा चलिरहेको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बहुमतको सदस्य उपाध्यक्ष गौतमको पक्षमा भए पनि प्रधानमन्त्री केपी शर्मा ओली खतिवडाको पक्षमा छन्। उनले वैशाख २० गते गौतमलाई प्रतिनिधिसभामा लैजाने पार्टीले निर्णय गरेपछि  उनको राष्ट्रियसभाको बाटो बन्द भइसकेको बताए।  तर, उपाध्यक्ष गौतमले तत्कालै उपनिर्वाचन गर्न सम्भव नभएकाले राष्ट्रिययसभामै जान तयार भएको बताएका छन्।  

हिजोको ओली दाहाल बीचको भेटवार्ताको क्रममा पनि ओलीले खतिवडालाई ल्याउने मनशाय व्यक्त गरेका थिए।  दाहालसँगको भेटवार्ताको क्रममा एक जनालाई राजीनामा दिन लगाएर भए पनि दुवैलाई लैजाने या गौतमलाई लगे अर्थमन्त्रीमा महासचिव विष्णु पौडेललाई ल्याउनेसम्मको प्रस्ताव राखेका थिए।  

अर्थमन्त्री खतिवडाको कार्यावधि यही २० गते सकिँदैछ। उनलाई सरकारमा निरन्तरता दिन राष्ट्रियसभा सांसद बनाउनुपर्छ। प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्य नभएको व्यक्ति ६ महिनाभन्दा बढी समयसम्म मन्त्री हुन नसक्ने संवैधानिक व्यवस्था छ।  



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post