नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गोदावरीको फुड बैंक अभियानमा २ सय जनालाइ राहत बितरण गर्‍यो

 कोरखबर   १७ भदौ, २०७७



काठमाडौं । सरकारले उपत्यकामा लगाएको  निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी गोदावरी नगरपालिकामा स्थापना गरिएको ‘फुड बैंक’ मा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले समेत सहयोग गरेको छ।

गोदावरी नगरपालिकाको तथा स्थानीय युवाहरुको समुक्त आयोजनामा  'हुनेले दिउँ नहुनेले लियर जाउँ' भन्ने नाराका साथ संचालित अभियानमा फुड बैंक स्थापना गरिएको थियो।

उक्त अभियानमा खेलाडी संघले २ सय जना व्यक्तिलाई राहत दिएको छ। प्रत्येकलाई दुई किलो चामल, एक किलो दाल, नुन, मस्यौरा, तेल, साबुन लगाएत सामग्री वितरण गरिएको संघका अध्यक्ष दीपक श्रेष्ठले बताए।

कोरोना संक्रमण फैलिन नदिनका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका विपन्न र मजदुर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यन्न सामग्री पुर्‍याउन अहिले देशका विभिन्न स्थानमा ‘फुड बैंक’ स्थापना गरिएका छन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post