निषेधाज्ञा समाप्त भय लगत्तै एक लाख पचास हजारले वैदेशिक रोजगारीमा जान सक्ने ।

 कोरखबर   १६ भदौ, २०७७



काठमाडौं । नेपाल सरकारले नयाँ श्रम स्वीकृति दिने घोषणा गरेसगैँ एक लाख बढी नेपाली वैदेशिक रोजगारीमा जान पाउने भएका छन्।

सरकारले गरेको यस निर्णयले लकडाउन अगाडि श्रम स्वीकृति स्थगित भएर रोकिएका कामदार र अब आउने कामदारको माग गरेर एक लाख ५० हजार बढी नेपाली वैदेशिक रोजगारीमा जाने बाटो खुलेको नेपाल वैदेशिक रोजगार व्यवसायी सघंका महासचिव सुजित श्रेष्ठले जानकारी दिए।

‘ सरकारले गरेको यो निर्णयले लकडाउन अघिका १ लाख ३० हजार युवा प्रत्यक्ष लाभान्वित हुन्छन् । त्यस्तै बहराइन, ओमान, दुवई कतार गरी करिव २० देखि ३० हजार कामदारको माग आउने सम्भावना छ। २० देखि २५ हजार नेपाली कामदार रोमानिया जाने तयारीमा छन्। कतिपयको त भिषा आइसक्यो,’ श्रेष्ठले बताए ।

लक डाउन  सकिए लगत्तै श्रम स्वीकृति खुल्ला गर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले बताए ।

कोरोनाको कारण गत फागुन २७ देखि श्रम स्वीकृति दिन बन्द गरिएको थियो। सोमबार नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सम्बन्धित श्रम गन्तब्य मुलुकसगँको सम्झौता र मागको आधारमा नयाँ श्रम स्वीकृति खुल्ला गरिने जानकारी दिएका हुन्।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post