पोखरीमा पौडी खेल्ने क्रममा भक्तपुरमा एक युवाको मृत्यु ।

 कोरखबर   १६ भदौ, २०७७



काठमाडौं । भक्तपुरको पोखरामा मङलवार एक शव फेला परेको छ । पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवाको शव उक्त पोखरामा फेला परेको हो।

मंगलबार दिउँसो करिब सवा १ बजे चाँगुनारायण बस्ने २५ वर्षीय योगेन्द्र लिम्बूको शव रहेको महानगरीय प्रहरी परिसर, भक्तपुरकी एसपी तारादेवी थापाले जानकारी दिइन्।

सोमबार दिउँसो आफ्ना साथीसँग कलमसी बोजनी रिसोर्टनजिकै रहेको पोखरीमा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएका अनुसन्धानमा खुल्न आएको छ ।

घटना पश्चात् प्रहरीले उक्त पोखरीमा खोजतलासी गरेको थियो। तर धेरै गहिरो र दलदल भएको कारण नभेटेपछि मंगलबार बिहानै सेनाको गोताखोर टोली, सशस्त्र प्रहरी र प्रहरीको टोलीले उनको खोजि कार्य  थालेको डिएसपी गिरीले बताएका थिए।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post