नेपाली युवाको भारतमा गोली हनि हत्या

 कोरखबर   १६ भदौ, २०७७



रौतहट । भारतमा एक नेपाली युवकको गोली हानेर हत्या गरिएको छ  । इसनाथ नगरपालिका–७ घिउरा गाउँका ३५ वर्षीय दिनदयाल साहको गोली हानी हत्या गरिएको हो ।

भारतको सिमवर्ती  बिहार घोडाशहन थानाक्षेत्र अन्तरगत लैन बंसवरिया गाउँ नजिकै पोखरी छेउमा साहको कन्चटमा गोलाी हानी हत्या भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

शव भारत मोतिहारी अस्पतालमा पोष्टमार्टमका लागि भारतीय प्रहरीको सहयोगमा लगिएको प्रवक्ता श्रेष्ठले बताए ।  हत्याको अनुसन्धान जारी रहेको रौतहट प्रहरीले जनाएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post