कोरोनाको असहज परिस्थितिबाट गुज्रिएका दुई सय ९७ नेपाली आज नेपाल आइपुगे ।

 कोरखबर   १६ भदौ, २०७७



काठमाडौं । दोहाबाट आज २९७ नेपाली स्वदेश फर्किएका छन् । उनीहरु कोरोनाका कारण असहज परिस्थितिका शृजना भएको कारण स्वदेश फर्किएका हुन् ।

कतारको दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सबाट जम्मा २९७ नेपाली स्वदेश फर्किएका हुन् ।

दोहाबाट काठमाडौं उडेका दुवै उडानमा समावेश भएका सबैको कोरोना पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको दूतावासले जानकारी दिएको  हो ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post