बाजुरा । कोरोना भाइरस संक्रमण फैलिएसंगै सरकारले गरेको निषेधाज्ञाको बेला बाजुरामा राजनीतिक दलहरू चुनावी झल्को दिने गरी पार्टी प्रवेश गराउने अभियानमा तँछाडमछाड गर्दै लागेका छन् ।
कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै स्थानीय प्रशासनले भेला नहुन सचेत गराइरहेका बेला दुवै पार्टीबीच जिल्लाभर आमसभा र भेला गर्दै एकअर्को पार्टीका कार्यकर्तालाई भित्र्याउन प्रतिस्पर्धा चलेको छ ।
गृह मन्त्रालयले साउन २१ गतेको चलानी नम्बर तिन सय १५ को पत्रले देशभर कतै पनि भेला जम्मा नहुँनु भनेर पाँचबुदे निर्देशनात्मक पत्र द्धारा निर्देशनात्मक पत्र पठाएको छ तर बाजुरा जिल्ला प्रशासन कार्यालयले त्यसको कार्यान्वयन गर्न नकसेको प्रष्ट रुपमा बिभिन्न स्थानीयतहमा भएका नेपाली काग्रेसका आमसभाले प्रष्ट पारेको छ ।
नेपाली काँग्रेसका निर्वाचित मेयर रामसिंह रावल र उपमेयर राधिका सुनार दुबैको उपस्थिती चार सय बढी जनाको भेला गरेर कार्यक्रम गरीएको थियो ।सोही कार्याक्रमा प्रहरीको समेत पहरामा त्यो कार्यक्रमा भएको देखीएको छ। त्यस्तै बुढीनन्दा नगरपालिकाको सीममा समेत दुई दिन अगाडी यसरीनै बुढीनन्दा नगरपालिकाका मेयर पदम गिरीकै सकृयतामा नब प्रबेशीलाई स्वागत गरेका थिए ।