बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा पल्टियो ,५ जना घाइते

 कोर खबर   १६ भदौ, २०७७



१६ भाद्र, चितवन । काठमान्डौबाट बिरामी लिएर सर्लाही जाँदै गरेको एम्बुलेन्स त्रिशुली नदि किनारमा दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका ३ पानीधारा भन्ने ठाउँमा पुगेपछि ना ५ च १०३३ नम्बरको एम्बुलेन्स त्रिशूली नदी किनारमा खसेको र सो दुर्घटनामा चालकसहित एम्बुलेन्समा रहेका पाँच जना घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा एम्बुलेन्स चालक झापाको गौरीगन्ज गाउँपालिका १ का सरोज दाहाल, सर्लाही बरहथवा नगरपालिका-२ का दिलमाया रानामगर, सोही स्थानका बाधे राना मगर, मेक कुमारी राना मगर र नर बहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post