न्यायका लागि २३८ दिनको भोक हड्तालमा बसकी मानवअधिकारकर्मी इब्रु तिम्तिकको निधन

 कोरखबर   १५ भदौ, २०७७



काठमाडौं । मानवअधिकारकर्मी इब्रु तिम्तिकको निधन भएको छ । सेप्टेम्बर २०१७ मा टर्की सरकारले गिरफ्तार गरेका कुर्दिस जनताको पक्षमा लड्ने एक वकिल पनि थिइन् ।

न्यायको पक्षा लडाइँ गर्ने मनबाअधिकार कर्मी ४२ वर्षकी कुर्दिसको बिहीबार राति निधन भएको हो । आफू र आफूजस्तै अन्य जनताको पक्षमा न्यायको माग गर्दै उनी भोक हड्तालमा बसेकी थिइन्

टर्की सरकारले गरेको अन्यायविरुद्ध आवाज उठाउँदा उनको ज्यान गएको हो । आइतबार निधन भएपछि उनलाई श्रद्धान्जली दिन गएका कुर्दिसहरुमाथि फेरि टर्कीको प्रहरीले टियर ग्यास प्रहार गरेको थियो ।

अर्कोतिर विश्वभर तिम्तिकको निधनले नयाँ लहर जन्माएको छ । युरोपेली युनियनका विदेश प्रवक्ता पिटर स्टानोले तिम्तिकको निधनले टर्की सरकारले अब आफ्नो देशमा मानवअधिकारलाई विशेष चासो दिनु पर्ने देखिएको पनि बताएको छ ।

यसअघि टर्कीका राष्ट्रपति रिसेप त्यायिप एर्डोगानको शासनमा टर्कीमा मानवअधिकार उल्लंघनाका घटना बढी हुन थालेको भन्दै विश्वभरबाट चासो जनाइएको थियो ।

यसअघि टर्कीमा नै अप्रिल र मेमा दुई संगीतकारको पनि भोक हड्तालकै क्रममा निधन भएको थियो । उनीहरु पनि न्यायको माग गर्दै अनसनमा बसेका थिए ।

अर्कोतिर तिम्तिकको परिवारले उनलाई अस्पतालमा पनि राम्रोसँग हेरचाह नगरिएको बताएका छन् ।

पहिलो पटक सन् २०१८ को सेप्टेम्बरमा पक्राउ परेकी तिम्तिकलाई त्यहाँको अदालतले १३ वर्ष ६ महिना जेल सजाय सुनाएको थियो । तिम्तिक र उनकी साथी उन्सालले चाहिँ फ्रेबुअरीमा भोक हड्ताल सुरु गरेका थिए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post