निषेधाज्ञा हटाउन ब्यावसायिको माग

 कोरखबर   १५ भदौ, २०७७



चितवन । कोरोना भाइरसको कारण सरकारले गरेको निषेधाज्ञा हटाउन चितवनका निजी क्षेत्रका व्यापारीहरूले माग गरेका छन । चितवनामा तेस्रो साता चलिरहेको निषेधाज्ञा हटाउन निजी क्षेत्रले माग गरेको छ ।

व्यवसाय धराशायी बनेको भन्दै उद्योगी व्यवसायीले निषेधाज्ञा  हटाउन माग गरेका हुन् । जिल्लामा विभिन्न व्यवसायमा आबद्ध निजी क्षेत्रका सङ्घ संस्थाले आइतबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै आजदेखि निषेधाज्ञासहितको लकडाउन हटाउन माग गरेका हुन् ।

निरन्तरको निषेधाज्ञाले आपूर्ति शृङ्खला टुट्न गई मानिस रोगले भन्दा पनि भोक र व्यावसायिक तनावले असामान्य अवस्था सिर्जना हुनसक्नेमा निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको भन्दै निषेधाज्ञासहितको लकडाउनको विकल्प खोज्न अनुरोध गरेका छन् ।

ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थामा आधाआधा कर्मचारी परिचालन गरी भीडभाड नहुने गरी बिहान र बेलुका सेवा प्रवाह गर्दै इ–बैंकिङलाई प्रोत्साहन गर्न सकिने उल्लेख छ । सम्बन्धित उद्योगको पत्र वा परिचयपत्रलाई मान्यता दिई सहजरुपमा दुई पाङ्ग्रे सवारीमा एक जना र चार पाङ्ग्रेमा अधिकतम दुई जना हिँडडुल गर्न सक्ने गरी व्यवस्था गर्न निजी क्षेत्रले माग गरेको छ ।

चितवनका सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिई वैकल्पिक सिकाइका विधिलाई मान्यता दिई सोहीअनुसार पठनपाठन गराउन विद्यार्थी भर्ना गरी शैक्षिक शुल्क उठाउन सक्ने वातावरण तयार गर्न पनि माग गरिएको छ । त्यसैगरी सार्वजनिक यातायातको हकमा निषेधाज्ञा खोलिएको एक हप्तापछि यसअघि सरकारले तोकेको मापदण्डबमोजिम सञ्चालन गर्न पनि ज्ञापनपत्रमा प्रशासनको ध्यानाकर्षण गराइएको छ 

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले जुन क्षेत्रमा सङ्क्रामक रोग नियन्त्रणको मापदण्ड पूरा भएका छन् ती क्षेत्रमा निषेधाज्ञा खुल्ला गर्न सकिने बताए ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post