१४ भदौ, जनकपुर । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धनुषाले पुनः एक साताका लागि जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेको छ ।
धनुषमा गत साउन १८ देखि निषेधाज्ञा शुरू भएको थियो । आज पुन पाँचौंँ पटक निषेधाज्ञााको समय थप गरी भदौ २१ गतेसम्म पुर्याइएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार आज बसेको सुरक्षा समितिको बैठकले राति १२ बजेदेखि लागु हुने गरी आगामी आइतबार राति १२ बजेसम्म जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा अवधिमा सार्वजनिक सवारी यातायात, इरिक्सा र निजी सवारी साधनमा रोक लगाइएको छ । त्यस्तै खाद्यान्न पसल, फलफूल, तरकारी, दूध, हार्डवेयरलगायत पसल बिहान ६ देखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुने निर्णय गरिएको छ ।