कुलोमा डुबेर दुई वर्षको बालक र एक पुरुषको मृत्यु !

 कोरखबर   १४ भदौ, २०७७



दाङ । शनिबार दाङको घोराहीमा डुबेर एक बालकसहित दुईजनाको मृत्यु भएको छ । घोराही नगरपालिका १७, धोब्बेका विष्णु विकको २ वर्षीय छोरा घरनजिकै कुलोमा खेल्दै गर्दा डुबेर मृत्यु भएको छ । ती बालकको शनिबार डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घोराही १३ मा पनि तेरनीस्थित कुलोमा डुबेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका १८, अक्कासीका ४० वर्षीय तेजबहादुर खड्का पत्रे फाल्ने खोलाको खेतमा जाने कुलोमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post