आफ्नै गोली प्रयोग गरि नेपाली सेनाले आत्महत्या गरे ।

 कोरखबर   १४ भदौ, २०७७



काठमाडौं । नेपाली सेनाका एक जवानले आत्महत्या गरेका छन्  ।आफैँले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका अनुसन्धानमा खुल्न आएको हो । नेपाली सेनाको जंगी अड्डामा कार्यरत तनहुँ रानी पोखरी स्थाई ठेगाना भएका एक जवानले आत्महत्या गरेका हुन् ।

घटनापश्चात् उनको आफन्तलाई जानकारी गराईएको नेपाली सेनाले जनाएको छ ।

त्यस्तै नेपाली सेनाको स्थायी कार्यविधि बमोजिम सैनिक प्रहरी समेतको सहयोगमा नेपाल प्रहरीले घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाईएको छ ।

उनले किन र के कारणले आत्महत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post