बिद्यालयको गेट पल्टिँदा १३ वषिय बालकको मृत्यु

 कोरखबर   १४ भदौ, २०७७



राजविराज :बिद्यालयको कम्पाउनको गेट धल्दा एक बालकको मृत्यु भएको छ । रुपनी गाउँपालिका–४ मा रहेको विद्यालयको नवनिर्मित पर्खालको फलामे गेटले एक बालकको ज्यान लिएको छ । सोही विद्यायलमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय भुपेन्द्र प्रमाणीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए।

बालक शनिबार राति घर छेउको विद्यालय अगाडि खेलिरहेको बेला  अचानक विद्यालयको पर्खालमा जोडिएको मुख्य गेट खसेर उनलाई किचेर उनको ज्यान गएको  प्रहरीले जानकारी दिएका छ्न ।

रुपनी गाउँपालिका–४ का वडा अध्यक्ष छेदी इशरका अनुसार विद्यालय प्रांगणको पर्खालमा हालै मात्र नयाँ मुख्यद्वार जो्डिएको हो ।  गाउँपालिकास्थित युनिक अस्पतालमा बालकको उपचारको क्रममा मृत्यु भएको    मृतकका बुवा चन्द्रशेखर प्रमाणीले जानकारी दिए।

पोस्टमार्टमका लागि शव केही बेरअघि राजविराजस्थित गजेन्द्रनारायण सिहं अस्पतालमा लागिएको प्रहरीले जनाएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post