स्याङ्जामा एम्बुलेन्स दुर्घटना, ४ जना घाइते ।

 कोरखबर   १४ भदौ, २०७७



स्याङ्जा । आज बिहान एक एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्समा सबार ४ जना घाइते भएका छन्  ।वालिङ नगरपालिका–५ मजकोटमा एम्बुलेन्स दुर्घना हुँदा चार घाइते भएका हुन्  । वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट जाँदै गरेको बा२झ ४०११ नंको एम्बुलेन्स आज बिहान ५ बजे सडकदेखि अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा चापाकोट नगरपालिका–९ की २८ वर्षीया पवित्रा पोखरेल र ३५ वर्षीय भानुभक्त गैरे, चापाकोट–१० का २५ वर्षीय श्याम पङ्गेनी र एम्बुलेन्स चालक चापाकोट नगरपालिका–९ का ३१ वर्षीय सुरेन्द्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

घाइतेहरुको गौर प्राथमिक अस्पताल वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये पवित्रा पोखरेल गर्भवती रहेको र काठमाडौँबाट घर आएको प्रहरीले जनाएको छ । चालक भण्डारीबाहेक अरु सबै गम्भीर छन् । घाइतेको टाउको र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post