स्वास्थ क्षेत्र सुधारक डा गोबिन्द केसी प्रहरीको नियन्त्रणमा ।

 कोरखबर   १३ भदौ, २०७७



काठमाडौं : नेपाल चिकित्सक संघले प्रा.डा. गोविन्द केसीलाई हिँडडुल गर्न रोकिएकै कारण नेपाल चिकित्सक संघले बिरोध गरेको छ । उनलाई हिंड्न् नदिनु गैरमानवीय कार्य भएको भन्दै आपत्ति जनाएको छ।

शनिबार विज्ञिप्ति सार्वजनिक गर्दै डा. केसीलाई आफू बसेको स्थानबाट हिँडडुल गर्न सुरक्षाकर्मीले रोकेको घटनाप्रति संघले विज्ञप्तिमार्फत आपत्ति जनाएको हो।
चिकित्सा क्षेत्रका अभियान्ता केसी कोभिड–१९ संक्रमणको समयमा समेत दुर्गम स्थानमा स्वास्थ्य सेवा प्रदान गर्न सक्रिय हुँदा यस्तो कार्य हुनु आपत्ति जनक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘मानवीय कार्यमा संलग्न जिम्मेवार चिकित्सकलाई बिना कुनै कारण सुरक्षाको घेरामा राख्ने, हिँडडुल गर्न नदिने, नागरिकहरुसँग सम्पर्क गर्न नदिने जस्ता अत्यन्तै अस्वभाविक र गैरमानवीय कार्य तत्काल रोक्न नेपाल चिकित्सक संघ सरोकारवाला निकायसमक्ष जोडदार माग सहित आज प्रेस बिज्ञप्ति जारी गरेको हो ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post