आजदेखी निषेधाज्ञा हटाइयो ।

 कोरखबर   १३ भदौ, २०७७



गुल्मी । लामो समयदेखि गरेको निषेधाज्ञा गुल्मीमा आजबाट निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रवेश गर्नेहरुले अनिवार्य पीसीआर रिपोर्ट देखाउनुपर्ने छ ।

यही भदौ ७ गतेदेखि १२ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । भदौ १२ गतेदेखि १९ गते राति १२ बजेसम्म १ साताका लागि भने लकडाउनको नयाँ मोडालिटी बनाइएको छ । कोरोना संक्रमणको जोखिम बढिरहेकाले जिल्लामा बिभिन्न व्यवसायहरु समय तालिका बनाए खोलिने भएको छ ।

दुग्ध ब्यवसाय बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म सन्चालन गर्न पाइने छ । तरकारी र फलफूल पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म खोल्न पाइने छ ।

अन्य पसल, उद्योग व्यवसायहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताए । अस्पताल, औषधि पसल र पेट्रोलपम्प भने २४ सौं घण्टा खुला रहनेछन् ।

जिल्ला प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । जुनसुकै ठाउँबाट जिल्ला प्रवेश गर्नेहरुले अनिवार्य पिसिआर रिपोर्ट देखाउनु पर्ने छ । जिल्ला बाहिरबाट पसल तथा व्यवसायीक सामाग्री ढुवानी गर्ने चालक र सहचालकले पनि पीसीआर रिपोर्ट देखाउनु पर्ने छ । यदि रिपोर्ट नभए १० दिन सम्बन्धित पालिकाको क्वारेन्टिनमा बस्नुपर्ने छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post