आफ्नै आमाले ८ महिनाको शिशुको हत्या गरिन ।

 कोरखबर   १२ भदौ, २०७७



महेन्द्रनगर । कंचनपुरमा आफ्नोे सन्तानलाई विष खुवाएर एक महिलाले नाबालक शिशु को ज्यान लिएकी छिन् ।आमा जहाँ शब्द नै काफी हुन्छ । आफ्नो सन्तानका लागि जे गर्न पनि तत्पर रहन्छिन तर कञ्चनपुरमा भने आफ्नै सहोदर आमाले आफ्नै कोखबाट जन्मिएको सन्तानलाइ बिष खुवाएर आफुले पनि बिष सेवन गर्दा नाबालक शिशुको ज्यान गएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ गणेशबस्तीमा आफ्नै आमाले खुवाएको विषले ८ महिने शिशुको ज्यान लिएकि छिन्  । स्थानिय २४ वर्षीया निर्मला रानाले आफुसंगै ८ महिने शिशु एलेक्स रानालाई समेत सल्फास नामक विष सेवन गराएपछि उपचारका क्रममा शुक्रबार बिहान शिशुको मृत्युु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीले जनाएको छ ।

नाबालक शिशुलाई र आफुले बिष सेवन गर्दा घाइते बनेकी निर्मलाको कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिलबहादुर सिंहले जानकारी दिए । घटना किन र के कारणले भयो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post