नेपाली सेनाका प्रमुखहरूको सरुवा गर्दै सरकार

 कोरखबर   ११ भदौ, २०७७



काठमाडौं :नेपाली सेनामा सेना प्रमुखहरूको सरुवा भएको छ । नेपाल सरकारले नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ। साथै महासेनानी दिपेशजंग शाहसमेत १२ महासेनानीको सरुवा गरिएको छ।

अर्थ यबम सञ्चार तथा सूचना प्रबिधि मन्त्री डा •युवराज खतिवडाले भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी सुमित्रा मुलेपतीलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिएको जानकारी गरायका हुन् ।

सरकारले नेपाल न्याय सेवा, सरकारी वकिल समूह, राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरहको सहन्यायाधिवक्ता पदमा ज्ञानप्रसाद भुसाललाई नियुक्त गरी उच्च सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गरेको छ। कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट करिब रु ११ अर्ब ६५ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको उनले बताए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको समेत काम गर्ने गरी तोक्ने निर्णय गरेको छ।

साथै सरकारले लोक सेवा आयोगबाट सिफारिस भएका डा.रश्मि शर्मा, डा.वर्षा थापा र लिली श्रेष्ठलाई नेपाल स्वास्थ्य सेवाको एघारौं तहको पदमा नियुक्त गर्ने, विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी–एसिया क्षेत्रीय समितिको ७३ औ बैठकमा सहभागी हुन स्वास्थ्य तथा जनसंख्यामन्त्रीको नेतृत्वमा अन्य दुई जनालाई सहभागी हुन स्वीकृति दिने, नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूह, एघारौं तह, प्रमुख औषधि व्यवस्थापक पदमा भरत भट्टराईलाई बढुवा नियुक्ति गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गत पदस्थापन गर्ने र नेपाल चेम्बर अफ कमर्सको (सातौं संशोधन) विधान, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post