प्रहरीको गोलीबाट आलमको मृत्यु , ११ बुदे माग सहित सडक उत्रिए परिवार ।

 कोरखबर   ११ भदौ, २०७७



झापा – बुधबार राति झापाको झापा गाउपालिका वार्ड नः३ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलमको परिवारले शव बुझेका छैनन् । आलमको शव बिर्तामोडस्थित बिएण्डसी अस्पताल छ ।

झापाको कामाटोलीमा गोरु काटेको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएपछि विवाद सिर्जना भएको थियो । सो क्रममा प्रहरी माथि स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

उक्त घटनामा३८ वर्षीय आलम गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बुधवार राति बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।

मृत्युपछी उनका आफन्तले मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, गोली चलाउने प्रहरीलाई कारबाही गर्नुपर्ने , धर्मनिरपेक्षताका आधारमा धर्म मान्न पाउनु पर्नेलगायतका ११ सूत्रीय माग राखेका हुन् ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले छलफलका लागि सदरमुकाममा बोलाएका तापनि मृतक परिवारले घटनास्थलमै छलफल हुनु पर्ने भन्दै सदरमुकाम जान अस्वीकार गरेका छन् ।

मुस्लिम समुदायले झापा गाउँपालिका–३ कामाटोली बजारमा अमरपथ सडक अवरुद्द गरेका छन । सडकमा काठका मुडा र टायर बालेर सडक अवरुद्द गरेका हुन ।



 
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post