३० साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुगल–२ लिदिको लामा टोलमा पहिरोमा परेर ३८ जना बेपत्ता भएका छन् । शुक्रबार बिहान करिब ६ बजेतिर खसेको पहिरोमा परेका मध्ये ३८ जना सम्पर्कमा नआएको र ८ जना गम्भीर घाइते रहेका छन् ।
घाइतेहरूको काठमाडौं र सिन्धुपाल्चोकमा उपचार भइरहेको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा पनि लिदि पुगेका छन् । वडाध्यक्ष प्रताप लामाका अनुसार सुरक्षाकर्मी र स्थानीयले उद्धार कार्य जारीराखेका छन् । पहिरोले ३७ घरमा क्षति पुर्याएको उनले बताए ।