कहिले घट्छ सुनको भाउ ? यस्तो छ आजको बजार मुल्य !

 कोर खबर   २२ सावन, २०७७



काठमाडौँ - पछिल्लो समय सुनको मूल्य हरेक दिन उकालो लागिरहेको छ । बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबारको तुलनमा नेपाली बजारमा सुनको भाउ एक हजार एक सय रुपैयाँले बढेको हो ।बिहीबार नेपाली बजारमा तेजाबी सुनको भाउ एक लाख २ हजार रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि भाउ बढेको सुनचाँदी व्यवसायी महासंघअन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए । 

त्यस्तै नेपाली बजारमा बिहीबार चाँदीको पनि भाउ बढेर प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँ पुगेको छ । बुधबार नेपाली बजारमा चाँदीको भाउ प्रतितोला एक हजार २ सय ९५ रुपैयाँ कायम भएको थियो ।

महासंघको तथ्यांकअनुसार केही महिनायता भाउमा लगातार नयाँ रेकर्ड बनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post