म सानो ठूलो कुनै पनि गुटमा लाग्दिनँ : बामदेव गौतम

 कोर खबर   २१ सावन, २०७७


२१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने बताएका छन् ।

मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा उनले आफू कुनै सानो ठूलो गुटमा नलाग्ने बताएका हुन् । 

उनका सहयोगी विश्वमणि सुवेदीका अनुसार विहान प्रचण्डलेगौतमलाई अब तपाईं के गर्नुहुन्छ रु’ भनी सोध्नुभयो । उपाध्यक्ष गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा नलाग्ने भन्दै प्रचण्डलाई फर्काउनुभयो ।  

गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको बताएका सुवेदीले उल्लेख गरेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post